बिजपाटी सम्बाददाता     Mar 22, 2020 | 12:55:02 PM


tansen

साताको पहिलाे दिन आज आइतबार सुन चाँदीको भाउ बढेको छ । शुक्रबार ७५ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढेर ७६ हजार ५ सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा १ हजारले नै ७६ हजार २ सय रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज आइतबार तोलामा २० रुपैयाँले बढेर प्रति तोला ७२० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६५ हजार ५८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६५ हजार ३३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका