५ सयले महँगियो सुन, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 11:54:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सुन चाँदीको भाउ बढेको छ । आइतवार  ७६ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ७७ हजारमा पुगेको छ । तेजावी सुन पनि आज तोलामा ५ सयले नै बढेर ७६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

चाँदी पनि भने स्थिर छ । आइतवार प्रति तोला ७२० रुपैयाँ रहेको चाँदीको भाउ आजपनि सोही मुल्य कायम छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६६ हजार १५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६५ हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved