लकडाउन खुलेलगत्तै सुनको भाउ आकाशिने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2020 | 02:02:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सुनको भाउ तोलाको ९० हजार रुपैयाँ पुगने आँकलन गरिएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउमा भएको तीब्र वृद्धिसँगै नेपालमा पनि भाउ बढ्ने आँकलन गरिएको हो । ४ हप्ता अघि अन्तराष्ट्रिय बजारमा सुनको भाउ १७३३ डलर प्रति औँस पुगेको थियो । 

गत हप्ता १७२८ डलर प्रति औँसमा कारोबार भएको सुनको भाउ अहिले अन्तराष्ट्रिय बजारमा १६८० डलरको हाराहारीमा छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश शाक्यका अनुसार अन्तराष्ट्रिय बजारमा १८ सय डलर पुग्नासाथ नेपालमा सुनको भाउ ९० हजार रुपैयाँ प्रतितोला पुग्न सक्नेछ । 

‘हालको अन्तराष्ट्रिय भाउ अनुसार नेपालमा पनि भाउ तोक्दा ८५ हजारको हाराहारीमा हुन आउँछ’ उनले भने, ‘तर अहिले लकडाउनका कारण महासंघले भाउ सार्वजनिक गरेको छैन, लकडाउन खुल्नासाथ भाउ सार्वजनिक हुँदा नयाँ रेकर्ड कायम हुने निश्चित छ ।’ 

नेपालमा हालसम्म ८३ हजार ५ सय रुपैयाँसम्म सुनको भाउ पुगेको छ । तर अन्तरािष्ट्रय बजारमा हालकै स्थिती कायम रहे सुनको भाउले नयाँ रेकर्ड बनाउने व्यवसायीहरुको भनाई छ । लकडाउन सुरु भएदेखि नै महासंघले दैनिक भाउ तोक्न भने स्थगित गरेको छ ।

सिजनमै व्यापार चौपट

महिलाहरुको पर्व हरितालिका तीजमा बढी किनबेच हुने सुन अन्य समयमा शन्तोषजनक रुपमै व्यापार हुने बस्तु हो । यसका अलवा बिवाहका लगन भएका महिनाहरुमा सुनको कारोबार निकै बढ्छ । मंसिर देखि असासम्म सुनको किनबेच तुलनात्मक रुपमा बढी हुने गरेको भएपनि यसवर्ष भने सिजनमै व्यापार खस्किएको व्यवसायीहरु बताउँछन् । 

तीजको महिना सुरु हुनासाथ दैनिक ३० देखि ३५ किलोभन्दा धेरै सुन खपत हुन्छ । बिवाहका महिनामा पनि दैनिक २५ देखि ३० किलोसम्म सुन खपत हुने गरेको थियो । तर यसवर्ष गत असारबाटै अन्तराष्ट्रिय घटनाक्रमका कारण सुनको भाउ आकाशियो । जसका कारण सुनको किनबेच निकै कम भयो । 

सिजनमै सुनको भाउ तोलाको ८३ हजार ५ सय रुपैयाँ पुगेपछि नेपालीहरुले किन्ने आँट गर्न नसकेको महासंघका उपाध्यक्ष शाक्य बताउँछन् । ‘नेपालीहरुको क्रयशक्ति बढीमा ६५ हजार रुपैयाँ तोला हो’ उनले भने, ‘आफ्नो क्षमताभन्दा धेरै माथि मूल्य पुगेका कारण ८० प्रतिशतभन्दा धेरै कारोबार घट्यो ।’ 

फागुनमा शन्तोषजनक व्यापार गरेका व्यवसायीहरु बैशाखको बिवाहको लगनमा राम्रै व्यापार गर्ने सोचमा थिए । तर कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउनका कारण योजना पूरा हुन सकेन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved