सुन बेच्दै हुनुहुन्छ ? यस्तो छ महासंघको कार्यविधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2020 | 12:07:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुन चाँदीका पसल खोल्न कार्यविधि बनाएको छ । महासंघले लकडाउन अवधि र लकडाउनपछिका दिनमा पसल खोल्न कोरोना भाइरसका कारण उत्पन्न समस्या, व्यवसाय सञ्चालनमा पार्ने प्रभाव एवं ब्यवसायी तथा ग्राहकको आर्थिक तथा स्वास्थ्य सुरक्षा लगायतका बिषयलाई समेटेर ‘लकडाउनपछि सुनचाँदीको पसल खोल्ने कार्यविधि’ बनाएको हो ।

महासंघका उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार व्यवसायको निरन्तरता र सुरक्षाका विषयलाई ध्यानमा राखेर कार्यविधि बनाईएको हो । 

कार्यविधि अनुसार सामाजिक दुरी कायम गर्ने, स्यानिटाजर, सर्जिकल पन्जा, ज्वरो नाप्न थर्मल गनको प्रयोग अनिवार्य गरिएको छ । पसल र गरगहनाको निर्मलीकरण गर्ने र नगद कारोबार गर्दा अधिकतम सुरक्षा अपनाउनु पर्नेछ । महासंघले पसलमा आउने ग्राहकलाई मास्क अनिवार्य भएपनि सुरक्षाको दृष्टिकोणले ग्राहक पहिचानको लागि एकछिन मास्क खोल्न लगाउन पनि पसलहरुलाई भनेको छ । 

सुन हुने सुनका बिषयमा ग्राहकसँगको सहमतिमा तरलताको ब्यवस्थापन गर्न ब्याकडेट राखी चेक दिने, नगदको सट्टा अनलाइन कारोबारलाई प्राथमिकता दिने, ग्राहकलाई मर्का नपर्ने गरी प्रचलित मुल्यमा ५ प्रतिशत भन्दा बढी फरक नपर्ने गरी गहना खरिद गर्ने, खरिद गर्दा ५० हजारभन्दा माथिको हकमा अनिवार्य रुपमा चेक प्रयोग गर्ने लगायतका ब्यवस्था गरिएको छ । 

महासंघले व्यवसायीहरुलाई स्थानीय बजार अनुकुल आंशिक रुपमा मात्र पसल खोल्न भनेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved