मंगलबार सुन चाँदीको भाउ स्थिर, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 11:35:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुन चाँदीको भाउ स्थिर रहेको छ । सोमबार ८९ हजार सात सयमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि सोमबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ८९ हजार २६५ रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज मगंलबार चाँदी प्रति तोला ९२५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ९०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७६ हजार ५३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७९३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved