सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2020 | 12:45:35 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार ८९ हजार सात सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार आठ सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार ३६५ रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज बुधबार तोलामा पाँच रुपैयाँले बढेर प्रति तोला ९३० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७६ हजार ६१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved