बिहीबार सुनको भाउ स्थिर, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2020 | 12:42:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । बुधबार ८९ हजार आठ सयमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि बुधबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ८९ हजार ३६५ रुपैयाँमा कारोबार भैरहेको छ । 

चाँदीको भाउ भने बिहीबार पाँच रुपैयाँले बढेको छ । आज बिहीबार चाँदी प्रति तोला ९३५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७६ हजार ६१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८०१ रुपैयाँ ५० पैशा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved