सुनको भाउ हालसम्मकै उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 11:34:50 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ इतिहासकै महँगो भएको छ । बिहीबार ८९ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा १ सयले नै बढेर ८९ हजार ४६० रुपैयाँ पुगेको छ । 

चाँदीको भाउ भने शुक्रबार प्रतितोला ५ रुपैयाँले घटेर तोलाको ९३० रुपैयाँमा कोरोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७६ हजार ७ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ७९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved