सुनको भाउले तोड्यो सबै रेकर्ड, पुग्यो इतिहासकै उच्च मूल्यमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2020 | 10:57:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ इतिहासकै महँगो भएको छ । शुक्रबार तोलाको ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ७ सय रुपैयाँले बढेर तोलाको ९० हजार ६ सय रुपैयाँ पुगेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा ७ सयले नै बढेर ९० हजार १६० रुपैयाँ पुगेको छ । 

चाँदीको भाउ भने आइतबार प्रतितोला १० रुपैयाँले बढेर तोलाको ९४० रुपैयाँमा कोरोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ३ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८०६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved