सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 11:12:27 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुनको भाउ इतिहासकै महँगो भएको छ । आइतबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९१ हजार रुपैयाँ पुगेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा ४ सयले नै बढेर ९० हजार ५६५ रुपैयाँ पुगेको छ । 

चाँदीको भाउ भने सोमबार प्रतितोला १० रुपैयाँले बढेर तोलाको ९५० रुपैयाँमा कोरोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ६४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८१४ रुपैयाँ ५० पैशा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved