सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2020 | 11:31:43 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार एक सय पुगेको छ । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ६६५ रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज बुधबार तोलामा पाँच रुपैयाँले बढेर प्रति तोला ९४५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार १०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ७३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८१० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved