घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2020 | 12:16:52 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मगंलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । सोमबार तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ १०० रुपैयाँले घटेर आज ९१ हजार २०० रुपैयाँमा आईपुगेको हो ।

तेजावी सुन आज तोलामा ९५ रुपैयाँले घटेर ९० हजार ७६५ रुपैयाँमा आईपुगेको छ । त्यस्तै चाँदीको भाउमा आज कुनै परिवर्तन भएको छैन् । आज चाँदी तोलाको ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार १९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ८१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८१० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved