आज सुन चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 11:06:46 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि शुक्रबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९० हजार ६५ रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज आइतबार चाँदी प्रति तोला ९४० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार २१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८०६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved