सोमबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 11:01:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । आइतबार तोलाको ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ३०० रुपैयाँले घटेर आज ९० हजार २०० रुपैयाँमा आईपुगेको छ ।

तेजावी सुन पनि आज तोलामा ३०५ रुपैयाँले घटेर ८९ हजार ७६० रुपैयाँमा आईपुगेको छ । त्यस्तै चाँदीको भाउ भने आज कुनै परिवर्तन भएको छैन् । आज चाँदी तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ३३० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७६ हजार ९५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८०६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved