उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 11:15:35 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार ५०० रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ६०० रुपैयाँले नै बढेर ९१ हजार ६० रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज बुधबार तोलामा पाँच रुपैयाँले बढेर प्रति तोला ९५५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ४४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८१९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved