सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 11:20:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार सुनको भाउले नयाँ किर्तीमान कायम गरेको छ । बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ९०५ रुपैयाँले बढेर ९१ हजार ९६५ रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज बिहीबार तोलामा २५ रुपैयाँले बढेर प्रति तोला ९८० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार २२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८४० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved