सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 10:58:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउले किर्तीमानी कायम गरेको छ । मंगलबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । तेजावी सुन आज तोलामा ६०० रुपैयाँले नै बढेर ९२ हजार ३६० रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज बुधबार तोलामा १० रुपैयाँले बढेर प्रति तोला एक हजार पाँच रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ५६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार १८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८६१ रुपैयाँ ५० पैशा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved