आज सुन चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 10:51:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुन चाँदीको भाउ स्थिर रहेको छ । आइतबार ९९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि आइतबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९९ हजार १६० रुपैयाँमा कारोबार भैरहेको छ । 

त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज सोमबार चाँदी प्रति तोला एक हजार २३० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८५ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८५ हजार १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५४ रुपैयाँ ५० पैशा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved