सुनको भाउ इतिहासकै सर्वाधिक महँगो, तोलाकै १ लाख नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 11:04:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको मूल्यले इतिहास रचेको छ । मंगलबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १६ सय रुपैयाँले बढेर १ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा १६ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि आज बुधबार प्रति तोला ६५ रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १२ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८६ हजार ९३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८६ हजार ५०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved