१ लाख कटेपछि पनि सुनको मूल्य बढ्ने क्रम जारी, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 10:59:55 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको मूल्य इतिहासकै उच्च भएको छ । बुधबार १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ११ सय रुपैयाँले बढेर १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ११ सय रुपैयाँले बढेर १ लाख २ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि आज बुधबार प्रति तोला ५० रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १२ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ८८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८७ हजार ४५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १५३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved