आइतबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 10:44:17 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । शुक्रबार तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ९ सय रुपैयाँले घटेर आज १ लाख २ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।

तेजावी सुनपनि आज तोलामा ९ सय रुपैयाँले नै घटेर १ लाख २ हजार १ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा भने आज आइतबार ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १४ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ९६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८७ हजार ५३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved