सोमबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 10:46:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुन चाँदीको भाउ घटेको छ । आईतबार  तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ २ सय रुपैयाँले घटेर आज १ लाख २ हजार ४ सय रुपैयाँमा आईपुगेको छ ।

तेजावी सुनपनि आज तोलामा २ सय रुपैयाँले नै घटेर १ लाख १ हजार ९ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ पनि आज सोमबार  १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८७ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved