६ हजार २ सयले घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 10:57:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुन चाँदीको भाउ ह्वात्तै घटेको छ । मंगलबार  तोलाको १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ ६ हजार २ सय रुपैयाँले घटेर आज ९५ हजार ४ सय रुपैयाँमा आईपुगेको छ ।

तेजावी सुनपनि आज तोलामा ६  हजार २ सय रुपैयाँले नै घटेर ९४ हजार ९ सय रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ पनि आज बुधबार २२५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved