फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 10:51:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहीबार सुन चाँदीको मूल्य बढेको छ । बुधबार ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक २४ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा २४ सय रुपैयाँले नै बढेर ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि आज बिहीबार प्रति तोला ८५ रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १२ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ८५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार ४२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved