शुक्रबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 10:40:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । बिहीबार ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले नै बढेर ९८ हजार १ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि आज शुक्रबार प्रति तोला ६० रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला १३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ५३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८४ हजार २०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ६१ रुपैयाँ  ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved