सोमबार पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 10:39:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुन चाँदीको भाउ घटेको छ । आईतबार  तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ९ सयमा झरेको छ । तेजावी सुनको मूल्य पनि प्रति तोला ५ सयले नै घटेर ९७ हजार ४ सय रुपैयाँमा आईपुगेको छ । 

आज चाँदी पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ९३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार ५०५ र र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ३२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved