निरन्तर ओरालो लाग्दै सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2020 | 10:38:57 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार  तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सयमा झरेको छ । तेजावी सुनको मूल्य पनि प्रति तोला ७ सयले नै घटेर ९६ हजार ७ सय रुपैयाँमा आईपुगेको छ । 

आज चाँदीको भाउमा कुनै परिवर्तन आएको छैन् । आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ३३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ९०५ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ३२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved