सोमबार पनि बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 10:47:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले ९७ हजार ५ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ३ सय रुपैयाँले नै बढेर ९७ हजार पुगेको छ । चाँदीको भाउ भने तोलामा एकैपटक २५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved