आज पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2020 | 11:11:45 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर ९८ हजार ४ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ९ सय रुपैयाँले नै बढेर ९७ हजार ९ सय पुगेको छ । चाँदीको भाउ भने तोलामा एकैपटक ३० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ३६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार ९३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९६ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved