सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 10:50:28 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुनको भाउमा भारी गिरावट आएको छ । मंगलबार तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १२ सय रुपैयाँले घटेर ९७ हजार २ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १२ सयले नै घटेर प्रतितोला ९६ हजार ७ सय कायम भएको छ । चाँदीको भाउ भने तोलामा एकैपटक ३० रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा आईपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ३३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ९०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ७० रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved