बिहीबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2020 | 11:00:27 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार सुनको भाउमा भारी गिरावट आएको छ । बुधबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ७ सय रुपैयाँले घटेर ९६ हजार ५ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ७ सयले नै घटेर प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि तोलामा आज २० रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा आईपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ७३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ५३ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved