शुक्रबार सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2020 | 10:53:31 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुनको भाउमा झिनो गिरावट आएको छ । बिहीबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा  १  सय रुपैयाँले घटेर ९६ हजार ४ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर प्रतितोला ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको भाउ पनि तोलामा आज ३५ रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा आईपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार २२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय २३ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved