बुधबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 10:43:13 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ६ सय रुपैयाँले नै बढेर ९५ हजार ९ सय पुगेको छ ।

चाँदीको भाउ पनि आज ५ रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा १३ सय १५ रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ६५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार २२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय २७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved