शुक्रबार सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2020 | 11:03:46 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुन चाँदीको भाउमा गिरावट आएको छ । बिहीबार ९६ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार ५ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ३ सयले नै घटेर प्रतितोला ९६ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले घटेर १३ सय १० रुपैयाँ झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ७३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय २३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved