सोमबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2020 | 10:39:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सुन चाँदीको भाउ बढेको छ । आइतबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९६ हजार ४ सय पुगेको छ ।

चाँदीको भाउ पनि आज १० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा १३ सय २० रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ६४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved