मंगलबार ६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2020 | 10:51:03 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ६ सय रुपैयाँले नै बढेर ९७ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि आज २० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा १३ सय ४० रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८३ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ४९ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved