बिहीबार ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 11:10:07 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार सुन चाँदीको भाउ घटेको छ । बुधबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर  ९६ हजार ६ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ९ सय रुपैयाँले नै घटेर ९६ हजार १ सय रुपैयाँमा झरेको छ ।

चाँदीको भाउ पनि आज २० रुपैयाँले ह्रस भएको छ । चाँदी आज तोलामा १३ सय २० रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ८२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ३९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ३२ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved