शुक्रबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2020 | 10:45:45 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार सुन चाँदीको भाउ बढेको छ । सोमबार तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९६ हजार ५ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि आज १० रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा १३ सय ३० रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार १६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ७३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ४० रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved