आईतबार सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 10:45:48 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आईतबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । शुक्रबार ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज कुनै परिवर्तन भएको छैन । तेजावी सुनको भाउमा पनि शुक्रबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, चाँदीको भाउ भने आज प्रति तोला १५ रुपैयाँले ह्रास आएको छ । आज चाँदी तोलाको एक हजार ३१५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८३ हजार १६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ७३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय २७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved