सुन चाँदीको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 10:49:46 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । मंगलबार तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १२ सय रुपैयाँले घटेर ९४ हजार ३ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १२ सयले नै घटेर ९३ हजार ८ सयमा आईपुगेको छ ।

चाँदीको भाउ पनि आज ४० रुपैयाँले घटेर तोलामा ११ सय ९० रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ८५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ४२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २० रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved