किन घटिरहेको छ सुनको मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 12:27:31 PM मा प्रकाशित

laxmi  sunrise bank

केही दिन यता सुन चाँदीको भाउ निरन्तर ओरालो लागिरहेको छ । पछिल्लो ३ दिनमा सुनको भाउमा ४ हजार १ सय रुपैयाँले गिरावट आएको छ । त्यस्तै चाँदी पनि पछिल्लो ३ दिनमा २ सय रुपैयाँले घटिसकेको छ । 

लकडाउनपछि आकाशिएको सुनको मूल्य विस्तारै घट्ने क्रम सुरु भएको छ । लकडाउनपछि खुलेको सुनको बजारमा भाउ निरन्तर उकालो लागिरहेकोमा पछल्लो ३ दिन भने भाउ असामान्य तरिकाले घट्न थालेको छ । 

पछिलो ३ दिनको सुनको मूल्यः

असोज ५ गते ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बिहिबार ९३ हजार १ सय रुपैयाँमा झरेको छ । चाँदी पनि असोज ५ गते १३ सय २० रुपैयाँमा कारोबार भएकोमा असोज ८ गतेसम्म आइपुग्दा ११ सय २० रुपैयाँमा झरेको छ । 

असोज ६ गते १७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा झरेको सुनको भाउ ७ गते र ८ गते १२/१२ सयका दरले घटेर ९३ हजार १ सयमा ओर्लिएको छ । त्यस्तै, असोज ६ गते ९० रुपैयाँले घटेको साँदीको भाउ ७ गते ४० र ८ गते ७० रुपैयाँले घटेर प्रति तोला ११ सय २० रुपैयाँमा झरेको छ । 

किन घटिरहेको छ ?

यसरी पछिल्लो समय सुनको भउ घट्नुलाई सामान्य रुपमा लिएका छन् वस्तु बजारका जानकार नीरव पुडासैनिले । उनले पछिल्लो समय सुनको भाउमा आएको गिरावट सामान्य रहेको बताएका छन् । डलरको मूल्य बढेकाले सुनमा केही गिरावट देखिएको तर यो सामान्य अवस्था रहेको उनको भनाइ छ । कहिलेसम्म र कतिसम्म घट्दै जान्छ भन्ने बारे भने उनले अहिले नै भन्न नसकिने बताएका 

‘अहिलेको गिरावटलाई मैले सामान्य तरिकाले लिएको छु । ३ दिनमा ४ हजार १ सय रुपैयाँले घट्नु सामान्य हो । ३ दिजमा १० हजार बढीले पनि त बढेको छ नि सुनको भाउ । त्यसकारण यसलाई सामान्य रुपमा लिनु पर्दछ’ उनले भने, ‘सुनको भउमा अहिले केही उताड चडाव आएपनि दिर्घकालिन रुपमा भने बढ्ने नै हो ।’

तर, दीर्घकालिन रुपमा भने सुनको भाउ बढ्ने उनको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved