आइतबार ६ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 10:48:36 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाउमा गिरावट आएको छ । शुक्रबार तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक ६ सय रुपैयाँले घटेर ९३ हजार ३ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर ९२ हजार ८ सयमा आईपुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रति तोला ११ सय ५० रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ९९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार ५६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९८६ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved