मंगलबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 29, 2020 | 11:10:29 AM मा प्रकाशित

nj

मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार तोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ९ सय रुपैयाँले नै बढेर ९४ हजार २ सय पुगेको छ ।

चाँदीको भाउ पनि आज २५ रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा ११ सय ७५ रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ७६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ३३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved