बुधबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 10:58:14 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९४ हजार ७ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले नै बढेर ९४ हजार २ सय पुगेको छ ।

चाँदीको भाउ पनि आज १५ रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलामा ११ सय ९० रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१  हजार १९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २० रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved