बिहीबार सुनको भाउमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 10:50:40 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार पनि सुन चाँदीको भाउमा झिनो गिरावट आएको छ । बुधबार तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक २ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९४ हजार रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउ पनि आज २५ रुपैयाँले घटेर तोलामा ११ सय ७५ रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved