बुधबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 10:44:03 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ८ सय रुपैयाँले नै बढेर ९५ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी आज तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१  हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved