बिहीबार बढ्यो सुनको भाउ, चाँदीको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 10:59:59 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ७ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा २ सय रुपैयाँले नै बढेर ९५ हजार २ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२  हजार ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ६२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved