आइतबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2020 | 11:39:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार सुन चाँदीको भाउ बढेको छ । शुक्रबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९५ हजार रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले नै बढेर ९४ हजार ५ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ११ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २४ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved