मंगलबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 10:53:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार तोलाको ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९५ हजार ४ रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको  १२ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved