बिहीबार झिनो अंकले घट्यो सुनको भाउ, चाँदी बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2020 | 11:00:11 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार सुनको भाउमा झिनो गिरावट आएको छ । बुधबार तोलाको ९६  हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार २ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर ९५ हजार ७ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४२ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved